बिर्तामोड , कात्तिक २१ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) ले आफ्नो शेयर सदस्यको निधन भएपछि हल्दीबारीको एक परिवारलाई नगद ५० हजार राहत प्रदान गरेको छ ।

एनएमसी सहकारी हल्दिबारी–३ बडाबारीका कार्यालयगत उपसमिति संयोजक टंकनाथ भट्टराईका पिता शेयर सदस्य माधवप्रसाद भट्टराईको निधन भएपछि बडाबारीस्थित स्व.भट्टराईको निवासमा पुगेर सहकारीले ५० हजार रुपैयाँ प्रदान गरेको हो।

सहकारीका सञ्चालक समिति सदस्य केशबप्रसाद पोखरेल , लेखा सुपरिवेक्षण समिति सदस्य अम्बिकाप्रसाद ढकाल, चन्द्रगढी कार्यालयगत उपसमिति सदस्य यामनाथ शिवाकोटी, सदस्य दुर्गा ढकाल बुढाथोकी,भद्रपुर– केचना क्षेत्र प्रमुख दिवस खतिवडालगायतको टोलीले समवेदनापत्रसहित उक्त राहत हस्तान्तरण गरेको चन्द्रगढी कार्यालय प्रमुख विशाल ढुंगानाले जानकारी दिए।
कार्यालय प्रमुख ढुंगानाका अनुसार संस्थामा ११ हजार रुपैयाँभन्दा बढी शेयर भएका सदस्यको मृत्यु भएमा ५० हजार रुपैयाँ उपलब्ध गराइने संस्थाको नियमअनुसार उक्त रकम प्रदान गरिएको हो।
सञ्चालक समिति सदस्य हिराप्रसाद पोखरेलले सहजीकरण गरेको कार्यक्रममा बडाबारी एकाइ नं.१ संयोजक सन्तलाल मेचे, कर्मचारी सुरेश राजवंशी, बजार प्रतिनिधि तारा ढकाललगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्