भद्रपुर, कात्तिक २२ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको कात्तिक ३० गते हुने निर्वाचनका लागि दुईवटा समूहले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा संघीय समाजवादीको संयुक्त गठबन्धनको नेतृत्व गर्दै पूर्व अध्यक्ष दुर्गाप्रसाद भट्टराई तथा नेकपा एमाले र राप्रपाको गठबन्धनमा पूर्व उपाध्यक्ष चुडामणि मैनालीको नेतृत्वमा प्यानल नै खडा गरेर उम्मेदवारी दर्ता गराएको हो ।
भट्टराई नेतृत्वको गठबन्धनको उपाध्यक्षमा शालिग्राम नेपाल, सचिव पार्वती मल्ल, सहसचिव यमप्रसाद खरेल र कोषाध्यक्षमा भारतसिंह राजवंशी रहेका छन् भने मैनाली नेतृत्वमा उपाध्यक्षमा गोकुल ढकाल, सचिव भानु पोखरेल, सहसचिव ईश्वरीप्रसाद रिजाल र कोषाध्यक्षमा अनुज खतिवडाको उम्मेदवारी रहेको छ ।
दुई हजारभन्दा बढी उपभोक्ता रहेको समूहलाई ६ वटा क्षेत्रमा विभाजन गरिएको छ । समितिका लागि एक–एक जना टोल संयोजक र एक–एक जना महिला सदस्यसहित आदिवासी जनजाति, दलित, महिला, अपाङ्गसमेत २१ सदस्यीय समितिका लागि दुवै समूहले उम्मेदवारी दिएका छन् भने खगेन्द्र विमलीले स्वतन्त्र रूपमा कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्