कुमरखोद , कार्तिक २३ । झापा गाउँपालिकामा जारी खुल्ला नकआउट फुटवल प्रतियोगितामा सुरुङ्गा युवा क्लव कन्काई र जलथल एफसी विजयी भएका छन् ।

जोरमाई युवा क्लव सडकवाडीको आयोजनामा संचालन भईरहेको प्रतियोगिताको दोस्रो दिनको दुई खेलमा ए ग्रुपवाट सुरुङ्गा युवा क्लव कन्काई र वी ग्रुपवाट जलथल एफसी विजयी भएका हुन् । आयोजक टिम र कन्काईवीच भएको प्रतिस्पर्धात्मक खेलमा आयोजक सडकवाडी टीमलाई ४–१ गोलको फराकिलो अन्तरले हराउँदै सुरुङ्गा युवा क्लव विजयी भएको हो । सुरुङ्गा युवा क्लवका खेलाडी रोहित शर्मा खेलको म्यान अफ द म्याच घोषित भए ।
त्यसैगरी वी ग्रुपबाट जलथल एफसी र सयपत्री युवा क्लव अर्जुनधारावीच भएको दोस्रो खेलमा जलथल एफसी विजयी भएको छ । दुवै टीमले खेल अवधिभर १–१ गोल गरेपछि टाईव्रेकरमा सयपत्री युवा क्लवलाई ४–२ गोल अन्तरले हराउदै जलथल एफसी विजयी भएको हो । सयपत्री युवा क्लवका खेलाडी सनम राई खेलको म्यान अफ द म्याच घोषित भए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्