झापा , कात्तिक २३ । जबर्जस्ती करणीका एक फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक ५ का ४२ वर्षिय कुमार माझी भन्ने लालबहादुर माझी रहेका छन् । उनलाई झापा जिल्ला अदालतले २०७२ जेठ २७ गते जबरजस्ती करणी उद्योग मुद्धामा ४ वर्ष कैदको सजाय सुनाएको थियो । सजाय ठहरिएर हालसम्म फरार रहेका उनलार्ई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी मंगलवार फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत उपस्थित गराएको थियो । उनलाई कैद भुक्तानको लागि कारागार चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्