झापा , कार्तिक २४ । बुधबार झापाका पत्रकार तिलक योञ्जन तामाङको उपचार सहयोगका लागि प्रादेशिक सञ्चार प्रतिष्ठानले ६५ हजार रुपैयाँप्रदान गर्ने निर्णय गरेको छ ।


आन्तरिक मामिला तथा कानून मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको अध्यक्षतामा तिहार अघि बसेको प्रतिष्ठानको बोर्ड बैठकले सो निर्णय गरेको कार्यकारी निर्देशक यज्ञ शर्माले बताएका छन् ।
टेलिभिजनमा बेलुकीको सिफ्टमा समाचार वाचन गरी अर्जुनधारा १ खुदुनाबारीमा रहेको आफ्नो घर जाने क्रममा भदौ २ गते साँझ ८ बजे उनी मोटरसाइकल दुर्घटनामा परेका थिए । शनिश्चरे बजार नजिकै भएको मोटरसाइकल दुर्घटनाबाट उनको खुट्टा भाँचिएको थियो ।
८ दिनसम्म अस्पतालमा उपचार गरेर हाल करिब साढे तीन महिनादेखि बेड रेष्टमा रहेका तिलक सामाजिक रुपान्तरणसँगै पत्रकारिता पेसामा लागेर जीविकोपार्जनका लागि संघर्ष गरिरहेका व्यक्ति हुन । दुर्घटनामा परेर गम्भीर घाइते भएकाले यतिबेला नियमित औषधी खान समेत रकम अभाव हुन थालेको उनको दुःखेसो छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्