कुमरखोद , कात्तिक २४ । झापा गाउँपालिका वडा नं २ स्थित जोरमाई युवा क्लव सडकवाडीको आयोजनमा संचालित खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि अल ईन वान सैनिकले जितेको छ ।

बुधवार भएको फाईनल खेलमा जलथल एफसीलाई टाईव्रेकरमा हराउँदै सैनिकले उपाधि जितेको हो । अल ईन वान सैनिक र जलथल एफसीबीच भएको फाइनल प्रतिस्पर्धामा दुवै टीमबाट निर्धारित समयसम्म १– १ गोलको बराबरी भएपछि खेल टाईव्रेकरमा पुगेको थियो । टाईव्रेकरमा जलथल एफसीलाई ४–३ गोलको अन्तरले हराउँदै सैनिक फाईनल खेलको विजेता बन्न सफल भएको हो । अल ईन वानका खेलाडी विप्लव गुरुङ फाइनल खेलको म्यान अफ द म्याच घोषित भए भने अल ईन वानकै राजकुमार कन्दङ्वा प्लेयर अफ द टुर्नामेन्ट घाषित भए । उपविजेता जलथल एफसीका कर्ण लिम्वु प्रतियोगिताभरि ४ गोल गरी हाई स्कोर घोषित भए ।
फाईनल खेलका विजेता टिमलाई प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले नगद ५१ हजार, ट्रफी र प्रमाण–पत्र प्रदान गरे भने उपविजेता टिमलाई गौंरीशंकर राजवंशी र आयोजकले पुरस्कार , मेडल र प्रमाण पत्र दिएका थिए ।
जोरमाई युवा क्लवका अध्यक्ष बाबुराम लिम्वुको अध्यक्षतामा भएको समापन कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि,सुरक्षा निकायका स्थानीय प्रमुख, जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्