बिर्तामोड , कात्तिक २५ । झापा बिर्तामोडको एक परिवारमा आमाछोराको एक हप्ताको फरकमा निधन भएको छ।

बिर्तामोड नगरपालिका – ९ पञ्चकन्या टोल निवासी ७८ वर्षीया मोतीमाया श्रेष्ठको निधन भएको सात दिनपछि कात्तिक २४ गते बुधबार उनका कान्छो छोरा ४७ वर्षीय तिलक श्रेष्ठको निधन भएको हो। आमाको सात दिनमा काजकिरिया सकेको भोलिपल्ट तिलकको दुःखद् निधन भएको छिमेकी यज्ञराज श्रेष्ठले जानकारी दिए।
उनका अनुसार आमा मोतीमायाको दमको रोगका कारण उपचार संभव नभएपछि मृत्यु भएको थियो भने आमाको किरियामा बसेका छोरा मुटुका रोगी भएको र आकस्मिक रुपमा मृत्यु भएको हो । मोतीमायाका तीन छोरा एक छोरी रहेको तथा पति कुलबहादुर श्रेष्ठ पहिल्यै बेपत्ता भएका थिए । त्यस्तै छोरा तिलकका दुई छोरा र दुई छोरी रहेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्