झापा , कात्तिक २६ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–५ लभडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

प्रदेश १–०२–०४१ प २००० नम्बरको मोटरसाइकल गएराति पौने १ बजे अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकल चालक स्थानीय २४ वर्षीय डिल्लीराम शाहीको मृत्यु भएको हो । शाहीको दमक अस्पतालमा उपचारको क्रममा राति पौने २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–२० का २५ वर्षीय रुपम तामाङ घाइते भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्