कुमरखोद, कात्तिक २६ । नेकपा एमाले झापा गाउँ कमिटीको अध्यक्षमा गजेन्द्र ताम्ली र सचिवमा भीम रिजाल निर्वाचित भएका छन् ।

नेकपा एमालेको झापा गाउँ कमिटीको अध्यक्ष पदको लागि भएको निर्वाचनको विहिवार राति सम्पन्न मतगणना अनुसार गजेन्द्र ताम्ली २११ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वीहरु रंगलाल दाहालले ७५ र जय सेडाईले ८ मत मात्र पाएका थिए । त्यसैगरी सचिवमा भीम रिजाल १०४ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वीहरु माधव पोखरेलले ९५ र मोहन ओलीले ८७ मत मात्रै पाएका छन् । अध्यक्ष पदका लागि ३ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका थिए । अध्यक्ष पदका प्रत्यासी उम्मेदवारहरु गजेन्द्र ताम्ली , रंगलाल दाहाल , जय सेडाई रहेका थिए भने सचिवमा मोहन ओली , माधव पोखरेल र भीम रिजाल रहेका थिए । उपाध्यक्षमा गौरीशंकर राजवंशी, उपसचिव देवीमाया कोईराला र साजेमान सेख पहिलै नै सर्वसम्मत चयन भईसकेका थिए । निर्वाचनमा ३२३ मतदातामध्ये २९८ जनाले मत खसालेका थिए । गाउँ कमिटी ७५ सदस्यीय रहने माधव पोखरेलले बताएका छन् । झापा गाउँपालिकामा एमालेको गाउँ संगठित सदस्यहरु ९सय ३१ जना रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्