दमक, कात्तिक २६ । दमकमा क्रियाशील दुईवटा खेलकुद संस्थाबीच एकीकरण भएको छ ।

खेलकुद क्षेत्रलाई एकीकृत रुपले विकास गर्ने उद्देश्यले दमकको ध्रुवतारा स्पोर्टिङ क्लब र दमक फूटबल क्लबबीच एकीकरण गरी ध्रुवतारा स्पोर्टिङ क्लब गठन गरिएको हो ।
दुवै संस्थाको शुक्रवार सम्पन्न भेलाले मोहन मगरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा नेत्र खड्का,सचिवमा हिरामणि खड्का, सहसचिबमा रोशन पौडेल र कोषाध्यक्षमा भुपेन्द्रप्रसाद कोईराला चुनिएका छन् । यस्तै सदस्यहरुमा रन्जितकुमार यादव, गोपाल चेम्जोङ,सुशिल तामाङ, राजु कुँवर,. बिपिन सुवेदी, तेजेन्द्रराज नेपाल र सञ्जय लिम्बु रहेका छन् । सोही अवसरमा क्लवको नवनिर्वाचित समितिको पद हस्तान्तरण गरिएको थियो ।
यसैगरी भेलाले दमक ८ मा निर्माणाधिन क्लबको अधुरो भवन सम्पन्न गर्नका लागि चन्द्र खत्रीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति समेत गठन गरेको जनाइएको छ ।
उपसमितिको सदस्यहरुमा दिपेन्द्र तिवारी,नमकुमार चेम्जोङ,कमल कटुवाल,दिपेश दाहाल र भुपेन्द्रप्रसाद कोईराला रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्