बिर्तामोड , कात्तिक २७ । नेपाल विद्युत प्राधिकरणको अनारमनी सबस्टेशनमा मुसा पस्दा आज दिनभरि बिर्तामोड, गरामनी र चारआली क्षेत्र विद्युतविहीन बन्यो ।
सबस्टेशनको बसबारमा मुसा छिर्दा फ्लास ओभर भएर केबल पड्किँदा दिनभरि बिर्तामोड, गरामनी र चारआली क्षेत्रमा बिजुली आएन । बसबार पड्किएपछि मर्मतका लागि दुहवीबाट प्राविधिक झिकाइएको अनारमनी वितरण केन्द्रका प्रमुख सुधिर रायले बताए । दुहबी र बिर्तामोडका प्राविधिकले मर्मत गरेपछि अहिले साँझ ७ बजेदेखि विद्युत सेवा सुचारु भएको छ । बिजुली नहुँदा उद्योग धन्दा प्रभावित भएका छन् ।