धुलाबारी, कात्तिक २८ । अत्यन्तै रोमाञ्चक खेलको टाइब्रेकरमा कर्पाेरेट कार्यालयलाई एक–शून्यले पाखा लगाउँदै संयुक्त व्यवसायको टोलीले एनएमसी महिला फुटसलको उपाधि जितेको छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत खेलकुद उपसमितिको आयोजनामा शनिबार धुलाबारी फुटसल एरेनामा सम्पन्न प्रतियोगितामा संस्थाअन्तर्गतका ७ वटा कर्मचारी टोलीको सहभागिता रहेको थियो ।
संस्थाअन्तर्गतका ५ वटा क्षेत्रीय टोली, प्रधान कार्यालय र कर्पाेरेट कार्यालयको संयुक्त टोली र संस्थाअन्तर्गतका वित्तीय व्यवसायबाहेकका डेरी, कृषि फर्म, सहकारी पसल र चिया व्यवसायको संयुक्त टोलीबीच प्रतिष्पर्धा भएको थियो । पहिलो सेमिफाइनलमा भद्रपुर–केचना क्षेत्रलाई पाखा लगाउँदै फाइनल प्रवेश गरेको कर्पाेरेट र प्रधान कार्यालयको संयुक्त टोलीलाई दोस्रो सेमिफाइनलमा बिर्ता–अर्जुनलाई जितेको संयुक्त व्यवसायले हराउन टाइब्रेकरसम्म कुर्नु प¥यो । फाइनल खेलमा तोकिएको अवधिभर कुनै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
संस्थाले आफ्ना महिला कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि यस प्रकारका खेलकुद गतिविधि सञ्चालन गर्दै आएको छ ।

एनएमसी खेलकुद उपसमिति सदस्य मुना बिष्टले खेलप्रतिको रुचि र पुनर्ताजगीका लागि आयोजना गरिने यस प्रकारका गतिविधिले महिला कर्मचारीलाई अझ हौसला प्रदान गर्ने विश्वास व्यक्त गरिन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी संयुक्त व्यवसाय टोलीका रञ्जिता कट्टेल घोषित भइन् । प्रतियोगितामा विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीलगायतले पुरस्कार प्रदान गरेका थिए ।
उद्घाटन तथा सम्मान कार्यव्रmम एनएमसी खेलकुद उपसमिति संयोजक हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं. १० का वडाध्यक्ष सुदयकुमार पनेरुको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पनेरुले एनएमसीले वित्तीयबाहेक अन्य धेरै व्यवसाय सञ्चालनका साथै यस प्रकारका सामाजिक गतिविधि सञ्चालन गर्ने भएर नै सहकारीका बीच आफूलाई अब्बल स्थानमा पु¥याउन सफल रहेको बताए । उपसमिति सदस्य मुना बिष्टको स्वागत रहेको कार्यक्रमको सञ्चालन संस्थाअन्तर्गत सामुदायिक विभाग प्रमुख हिरन कट्टेलले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्