झापा , कात्तिक २८ । नेपाली काँग्रेसको १४ औ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिका उम्मेद्वार देउमान थेबेले आइतवार वडा सभापति र क्षत्रीय प्रतिनिधिहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन् ।

गौरादह नगरपालिका वडा नं ९ र गौरीगञ्ज गाउँपालिका वडा नं १ , २ ,३ ,४,५ मा वडा समितिको आयोजनामा कार्यक्रम गरिएको थियो । प्रत्येक वडामा वडा सभापतिको सभापतित्व तथा सभापतिका उम्मेद्वार थेबेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । गौरादह नगरपालिका ९मा क्षेत्रीय प्रतिनिधि तथा त्यस वडाका वडा अध्यक्ष सिताराम भट्टराईले, गौरीगञ्ज १ मा क्षेत्रीय प्रतिनिधि तथा त्यस वडाका वडा अध्यक्ष कात्तिकलाल राजवंशीले, वडा नं २ मा सभापति चन्द्रमोहन राजवंशी र गाउँपालिका सभापति अघ्नु राजवंशीले ,४ नं वडामा वडा सभापति देव ताजपुरिया र क्षेत्रीय प्रतिनिधि अगमलाल राजवंशीले, वडा नं ३ मा वडा सभापति यादव श्रेष्ठ र घनश्याम रिजालले ,५ न वडामा वडा सभापति र नेतृ फुलबती राजवंशीले थेबे हाम्रो साझा उम्मेद्वार भएको र थेबे जिताउ अभियानमा सबै संलग्न हुने र जिताउने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थेबेले आफू सधै होलटाइमर कार्यकर्ता भएको र काँग्रेसलाई अघि बढाउन दिनरात नभनी खटिने र जिल्ला सभापति भएपछि एक इन्च पनि काँग्रेसको शिर झुक्ने कार्य नगर्ने प्रतिबद्धता ब्यक्त गरे । त्यस्तै आफ्नो उम्मेद्वारी एक्लैको उम्मेद्वारी नभएको र यो झापाका सबै अग्रज नेताकार्यकर्ताको साझा उम्मेद्वारी रहेको समेत प्रष्ट पारे । आफूले १३ औ महाधिबेशनमा त्याग गरेर देखाएको उदाहरण दिँदै यस पटक सभापतिमा आफूलाई निर्वाचित गर्न अपिल समेत गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्