बिर्तामोड, कात्तिक २९ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद् झापाको तेस्रो जिल्ला अधिवेशन मंसीर ४ गते हुने भएको छ ।

झापाको बिर्तामोडमा सोमबार पत्रकार सम्मेलन गरी परिषद्ले अधिवेशनबारे जानकारी दिएको हो । परिषद्का झापाका अध्यक्ष धनबहादुर गुरुङले बिर्तामोडको अतिथि सदनमा पाँच सय प्रतिनिधको सहभागितामा अधिवेशन हुने बताए ।
अधिवेशनमा झापाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकाका इकाईहरुबाट पाँच÷पाँच जना, भातृ–भगेनी संस्थामध्ये तमुस्यो ह्युल छोज धिंबाट २ जना, युवा छोज धिंबाट २ जना, र विद्यार्थी छोज धिबाट २ जना एवम् गुम्वा व्यवस्थापन समितिको तर्फबाट प्रत्येक गुम्वाबाट १÷१ जना प्रतिनिधिसहित पाँच सय जनाको सहभागिता रहने उनले बताए ।
त्यस्तै, अधिवेशनको बन्दसत्रको अध्यक्ष मण्डलमा मेजर श्याम गुरुङको संयोजकत्वमा लक्ष्मीप्रसाद गुरुङ र दिलिप गुरुङ सदस्य समिति गठन गरिएको छ । त्यस्तै, जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद्को प्रदेश उपाध्यक्ष आनन्द गुरुङको अध्यक्षतामा ४ सदस्यीय निर्वाचन मण्डल गठन गरेको छ । समितिको सदस्यहरुमा सुरेशकुमार गुरुङ, खिला गुरुङ र होम गुरुङ रहेका छन् ।
अधिवेशनको उद्घाटन तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले गर्ने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्