झापा , कात्तिक ३० । झापाका केही स्थानीय तह र शिक्षण संस्थाले आज विदा दिएका छन् । एकादशी पर्वको लागि भन्दै उनीहरुले द्वादशीका दिन विदा दिएका हुन् ।

कचनकवल गाउँपालिकाले सूचना जारी गरी स्थानीय विदा दिएको हो । गाउँपालिकाको मिति कात्तिक २९ गतेको सूचना अनुसार हिन्दूहरुको महान चाड हरिबोधिनी एकादशीका ब्रतालुहरुद्वारा एकादशीको रात भजन–कीर्तनका साथ जाग्राम बसी द्वादशीका दिन उद्यापन गरिने भएकोले कात्तिक ३० गते मंगलवार स्थानीय विदा गरिएको र उक्त दिन यस गापाअन्तरगतका सबै कार्यालय बिदा रहने जनाइएको छ ।त्यस्तै शिवसताक्षी नगरपालिका ११ स्थित राष्ट्रिय रमणीय आदर्श माविमा पनि आज विदा दिइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्