झापा , कात्तिक ३० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव झापामा पनि परेको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले आज बन्दको आह्वान गरेको हो। बन्दका कारण झापाको मुख्य सडकमा यातायात खासै चलेका छैनन् । बिर्तामोड, दमक, भद्रपुर, काँकरभिट्टालगायतका शहरहरु सुनसान देखिएका छन् । सार्वजनिक यातायात नचलेपनि निजी
निजी सवारी साधनहरु सडकमा गुडेको देखिन्छ । बिहानपख केही बन्दकर्ताहरु सडकमा देखिएपनि त्यसपछि नदेखिएको प्रहरीले जनाएको छ । बन्दका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बन्द सफल बनाउन भन्दै सो संगठनले हिजो बेलुका मसाल जुलुस प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्