दमक,कात्तिक ३० । कमल ५ का सामाजिक तथा राजनीतिक व्यक्तित्व हुकुमसिंह राईले कमल २ का एकजना मिर्गौलापीडित बालकको उपचारका लागि १५ हजार आर्थिक सहयोग दिएका छन् ।

आर्थिक अवस्था कमजोर भएका बुबा गोविन्द तथा आमा दुर्गा भण्डारीका मिर्गौलापीडित ६ बर्षिय छोरा मानबहादुरको उपचारका लागि उनले उक्त सहयोग दिएका हुन् ।
राईले मंगलवार विरामीको घरैमा पुगेर उक्त सहयोग हस्तान्तरण गरे । सहयोग हस्तान्तरण गर्दै कांग्रेसका नेता समेत रहेका राईले आफूले व्यक्तिगत रुपमा विरामीको उपचारमा थोरै भएपनि स्वेच्छिक सहयोग गरेको बताए ।
उनले हरेक नागरिकले राज्यबाट पाउने स्वास्थ्य उपचार सेवाको पहुँच र उपलव्धता हुनु पर्ने बताए ।विरामीका बुवा दुर्गाका अनुसार मिर्गाैला रोगका कारण एक बर्षदेखि उपचार गर्दै आएका मानबहादुरको हाल विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचारत भई क्रमिक रुपमा सुधार भईरहेको छ । अझै केहि बर्ष नियमित औषधी सेवन गर्नुपर्ने भएकाले थप उपचार गर्न भण्डारी परिवारले सहयोगको याचना गर्दै आएका छन् ।