झापा , कात्तिक ३० । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा झापा क्षेत्र नं ४ को क्षेत्रीय सभापतिका लागि जयनारायण शाहले उम्मेद्वारी घोषणा गरेका छन् ।

उनले तेस्रो पटक क्षेत्रीय सभापतिका लागि उम्मेद्वारी घोषणा गरेका हुन् । यसअघि दुई पटक क्षेत्रीय सभापति रहेका शाहले कनकाई नगरपालिकाको सुरुङ्गामा एक कार्यक्रमका बीच सबैको समर्थनमा उम्मेद्वारी घोषणा गरेका जनाइएको छ । उनलाई जिल्ला सभापतिका उम्मेद्वार देउमान थेबे ,पूर्व जिल्ला सचिव भक्ति सिटौला ,प्रदेश सभापतिका उम्मेद्वारहरु विनोद ढकाल , खेम सिटौला , कन्काई नगरपालिकाका नगर सभापति दुर्गा प्रसाई ,झापा गाउँपालिकाका गाउँ सभापति सागीरथ गणेश, शिवसताक्षीका नगर सभापति अशोक बस्नेतलगायतले समर्थन जनाएका छन् । त्यस्तै गौरीगञ्ज गाउँपालिका १ र २ का वडा सभापति र गौरादह वडा नं ९ का सभापतिको पनि समर्थन रहेको जनाइएको छ ।
वडा सभापति तुलसी विमलीको अध्यक्षता भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि थेबेले झापाका १५ वटा पालिका र १३१ वटा वडालाई स्थानीय निर्वाचनमा विजय गराउने संकल्प गरेका थिए । सोही कार्यक्रममा प्रदेश सभापति (क) का लागि विनोद ढकाल र प्रदेश सभापति (ख) का लागि खेम सिटौलाले पनि उम्मेद्वारी घोषणा गरेका थिए । झापा क्षेत्र नं. ४ मा झापा गाउँपालिकाबाट १५०, कन्काई नगरपालिकाबाट १४६,शिवसताक्षीबाट ३६८, गौरीगञ्जको १ र २ बाट ४७, र गौरादह ९ बाट ४९ जना क्षेत्रीय प्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्