भद्रपुर, मंसीर १ । भद्रपुर–९ स्थित चन्द्रगढी सामुदायिक वन समितिको अध्यक्षमा दुर्गाप्रसाद भट्टराई निर्वाचित भएका छन्।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा संघीय समाजवादीको संयुक्त गठबन्धन (समावेशी संघीय लोकतान्त्रिक संयुक्त प्यानल)का भट्टराईले नेकपा एमाले र राप्रपाको गठबन्धन (राष्ट्रवादी प्रगतिशील समूह)का चुडामणि मैनालीलाई पराजित गरेका हुन् ।
भट्टराईले ९ सय ७५ र मैनालीले ८ सय ३६ मत ल्याएका छन् । उपाध्यक्षमा राष्ट्रवादी प्रगतिशील समूहका गोकुल ढकाल विजयी भएका छन् । त्यस्तै सचिवमा संयुक्त प्यानलका पार्वती मल्ल विजयी भएकी छिन् । सहसचिवमा ईश्वरीप्रसाद रिजाल, कोषाध्यक्षमा अनुज खतिवडा, आदिवासी सदस्यमा कान्द्रु राजवंशी, जनजाति सदस्यमा वालकुमार राई, दलित सदस्यमा लालबहादुर चहार र अपाङ्ग सदस्यमा धुव्र सुवेदी विजयी भएका छन् ।

त्यस्तै क्षेत्रीय संयोजकमा क्षेत्र नं .२ मा रमेश न्यौपाने, ३ मा ताराप्रसाद चम्लागाई,४ मा जगेश्वर राजवंशी,५ मा तोयानाथ बाँस्तोला, ६ मा युवराज दाहाल र ९ मा केशवप्रसाद खतिवडा चयन भएका छन् । त्यसैगरी
महिला सदस्यहरुमा क्षेत्र नं २,३,४,५,६ र ९ मा क्रमशः चित्रकला गिरी , सकुन्तला चौधरी , फिटिङ राजवंशी , लक्ष्मी आचार्य , मन्जु खतिवडा अधिकारी र कमला शिवाकोटी विजयी भएका छन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्