झापा , मंसीर २ । सरकारी छाप दस्तखत किर्ते मुद्धामा फरार एक प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधारा ५ बस्ने ६५ बर्षिय उदय पराजुली रहेका छन् । उनलाई
झापा जिल्ला अदालतको २०६० माघ २१ गतेको फैसला बमोजिम सरकारी छाप दस्तखत किर्ते मुद्धामा एक बर्ष कैद र ५० रुपैयाँ जरिवाना तोकिएको थियो । हालसम्म फरार रहेका पराजुलीलाई सर्वोच्च अदालत निर्देशनालयद्वारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी बिहीवार फैसला कार्यान्वयनको अदालतमा उपस्थित गराएको हो । अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्