झापा,मंसीर ३ । ताप्लेजुङ्गको फुङलिङ नगरपालिका–८ बाहनन्दे मेची लोकमार्गमा झापाबाट ताप्लेजुङ तर्फ आउदै गरेको वानटेस ट्याक्टर आफै अनियन्त्रीत भई सडक देखी अन्दाजी ३० मिटर तल झरी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।


मृत्यु हुनेमा ट्याक्टर चालक मोरङ मिक्लाजुङ गाऊपालिका ९ मधुमल्लाका २७ बर्षीय पुष्प बि.क. रहेका छन् । हिजो बेलुका साढे ६ बजे भएको दुर्घटनाबाट गम्भिर घाईते भएका बि.क.को उपचारको लागी बिर्तामोड ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्