बिर्तामोड, मंसीर ३ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत झापा क्षेत्र नं.–२ (क) को सभापतिमा लक्ष्मी आचार्य निर्वाचित भएका छन् ।

क्षेत्रीय सभापतिका प्रत्यासी उम्मेद्वार रविन्द्र भट्टराईलाई ३३ मतले पराजित गरी आचार्य निर्वाचित भएका हुन् । विजयी उम्मेद्वार आचार्यले १५७ मत ल्याउँदा भट्टराईले १२४ मत पाएका छन् । त्यस्तै उपसभापतिमा ताराप्रसाद प्रसाई १४३ र मन्जु ओली १४१ मतसहित निर्वाचित भएका छन् ।सोही पदका अन्य दुईजना प्रत्यासी हेम खड्काले १३७ र जयराज ढकालले १२७ मत ल्याएका छन् ।
दुई सचिव पदमा गंगाप्रसाद चुडाल १५४ र कुमारप्रसाद सिटौला १४५ मत ल्याएर निर्वाचित भएका छन् भने राजेन्द्र आङबुहाङले १३४ र प्रमोदकुमार चौधरीले १२१ मत ल्याएका छन् । त्यस्तै दुई सहसचिव पदमा सुबोध ढकाल १६९ र केशवकुमार श्रेष्ठ १६४मत ल्याएर निर्वाचित भएका छन् । पराजित जितेन्द्र कार्कीले १४९ मत ल्याएका छन्

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्