दमक,मंसीर ६ । दमकमा फेरि ६जना जुवाडे पक्राउ परेका छन् ।

हिजो बेलुका तास खेलिरहेको अवस्थामा नगदसहित उनीहरु पक्राउ परेका हुन् । बेलुका ४ः३० बजे दमक २ स्थित मोहनकुमार तामाङको घरको कोठाभित्र तास खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा खालमा थापेको नगद १लाख २०हजार ५सय र तास ३ बुङसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दमक २ वस्ने ४० वर्षिय मोहनकुमार तामाङ ,सोही ठाउँका ३८ वर्षिय पूर्णप्रसाद शिवाकोटी, ३० वर्षिय विनोद श्रेष्ठ, ३७ वर्षिय दिलवहादुर श्रेष्ठ , वडा नं. ३ बस्ने ३४ वर्षिय सुरेन्द्र नेम्वाङ र कमल गाउँपालिका वडा नं.६ वस्ने ४१ वर्षिय दुर्गावहादुर राई रहेका छन् । शनिबार राति पनि दमकबाट ६ जना जुवाडे पक्राउ परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्