झापा,मंसीर ६ । झापाको मेचीनगर नगरपालिका ६ फाईरिङ चोकमा अटो टेम्पुको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।


मृत्यु हुनेमा सोही स्थानका ५१ बर्षीय चन्द्रप्रसाद अधिकारी रहेका छन् । पूर्व तर्फ आउदै गरेको मे १ ह ६४५० नम्बरको अटोले ठक्कर दिँदा गम्भिर घाईते भएका अधिकारीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो र चालक झापा मेचीनगर नगरपालिका ६ नकलबन्दा का ३२ बर्षीय सुरेन्द्र राजबंशीलाई इलाका प्रहरी कार्यालय काकरभिट्टाले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्