कुमरखोद , मंसीर ७ । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह तेस्रो पटक नेपाली काँग्रेस झापाको ४ नं क्षेत्रको क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मत परिणाम अनुसार नारायणप्रसाद बजगाईलाई १९० मतले पराजित गरी शाह तेस्रो कार्यकालका लागि क्षेत्रीय सभापति बनेका हुन् । शाहले ४६४ मत ल्याउँदा बजगाईले २७४ मत पाएका छन् । त्यस्तै क्षेत्रीय सचिवमा रुपनारायण खतिवडा ३१७ र सुमन काफ्ले ३०८ मत ल्याई विजयी भएका छन् भने सहसचिवमा इन्द्रप्रसाद प्रसाई ४७८ र कोषराज गड्तौला ३४४ मत ल्याई निर्वाचित भएका छन् । त्यस्तै सदस्य खुल्लातर्फ नरेन्द्र बस्नेत ४४९ , कृष्णप्रसाद कार्की ४१७ , दुर्गाप्रसाद भट्टराई ३५५ , अन्यमा सलबहादुर लिम्बु ४१० , गणेशबहादुर राई ३७५ , पशुपतिनाथ दाहाल २१४ र पदमबहादुर रिमाल ११९ मत ल्याई विजयी भएका छन् ।

त्यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जिल्ला सभापतिका उम्मेद्वार देउकुमार थेबे सर्वाधिक मत ल्याएर विजयी भएका छन् । उनले ४९२ मत पाएका छन् । त्यस्तै कात्तिकलाल राजवंशी ३८५ , पर्शुराम ढुंगाना ३८४ , उत्तमबहादुर चौलागाई खत्री ३७३ , किरण भट्टराई ३७३ , उत्तम शर्मा सुवेदी ३६८ , भक्तिप्रसाद सिटौला ३३९ , सीताराम भट्टराई ३३९ , एकराज उप्रेती ३२२ र सन्तोषकुमार मेन्याङवो ३२० मत ल्याई विजयी भएका छन् । त्यस्तै महिला खुल्लातर्फ कविता घिमिरे बस्नेत ५१८ , शान्ता बस्नेत ४९६ , अन्जुदेवी थपलिया ४७८ , देवीकुमारी ओली ४६७ मत ल्याई विजयी भएका छन् । त्यस्तै खस आर्य महिलातर्फ गीता सिटौला ४८८ , धनमाया चिमरिया ४६०, खस आर्य पुरुषतर्फ खड्गबहादुर कार्की ४४५, चन्द्रमणि नेपाल ४३६ , आदिवासी जनजातितर्फ मचिन्द्र शेर्मा ५२५ , भिमप्रसाद राजवंशी ४५९ , मधेसीतर्फ सुमनकुमार गुप्ता ३७७ र अल्पसंख्यकतर्फ उजाल अली ३०० मत हासिल गरी महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्