बिर्तामोड , मंसीर ७ । नेपाली कांग्रेस झापाको २ नं. क्षेत्रको क्षेत्रीय सभापतिमा खगेन्द्र मैनाली पुनः विजयी भएका छन् ।

आज बिहान सम्पन्न मतपरिणाम अनुसार मोहनकुमार लिम्बूलाई १५४ मतले पराजित गरी मैनाली दोस्रो कार्यकालका लागि क्षेत्रीय सभापति निर्वाचित भएका हुन् । मैनालीले ३७० मत ल्याउँदा लिम्बूले २१६ मत पाएका छन् । त्यस्तै क्षेत्रीय सचिवमा रामबाबु धिमाल ३७८ र चन्द्रप्रसाद चुडाल ३२० मत ल्याई विजयी भएका छन् भने सहसचिवमा जिवन थापा ३७१ र नगेन्द्र बस्नेत ३६५ मत ल्याई निर्वाचित भएका छन् । त्यस्तै प्रत्यक्ष खुल्ला सदस्यमा जिवनकुमार भण्डारी ३७३, अजयकुमार देव ३६४ र इन्द्रमणी पौडेल ३२७ मतले विजयी हुँदा खुल्ला महिला सदस्यमा प्रभा नेपाल ३१४मतले विजयी भएकी छिन् ।

त्यस्तै खसआर्य तर्फको सदस्यमा रेतबहादुर बस्नेत ३६९, सिताराम सिटौला ३३८ , आदिवासी जनजातितर्फ बिरेन मेचे ३४७ , आदिवासी महिलातर्फ मिश्रकुमारी राई ३५६ , दलिततर्फ मनमाया विश्वकर्मा ३३९ र अल्पसंख्यकतर्फ सुदर्शनकुमार देव ३२७ मत ल्याई विजयी भएका छन् । त्यस्तै प्रदेश खुल्ला सदस्यतर्फ हिमाल सिटौला १६२ , वेदप्रकाश न्यौपाने १४८ , प्रदेश महिला सदस्यमा लक्ष्मीदेवी प्रसाई दाहाल १४९ मत ल्याई निर्वाचित भएका छन् । त्यस्तै खुल्ला महाधिवेशन प्रतिनिधिमा उद्धव थापा ४०२,शेरबहादुर थापा ३५० , सुधिरकुमार शिवाकोटी ३४२, जलकुमार गुरुङ ३३७ , गोेपालकुमार बस्नेत ३३३ , दीपक तामाङ ३०४ , दिपेन्द्रप्रसाद ढकाल ३०१ , छत्रबहादुर गिरी ३०० , खड्गप्रसाद प्रसाई २८७ र टीकाप्रसाद प्रसाई २८४ मत ल्याई विजयी भएका छन् । त्यस्तै खुल्ला महिला महाधिवेशन प्रतिनिधिमा उमा शिवाकोटी ३९६ , सिता पौडेल ३३३ , चन्द्रकला भण्डारी ३२९ र लीलादेवी निरौला कट्वाल ३२२ मतले विजयी हुँदा खस आर्य महिलातर्फ रंजिता कार्की ३७५ र भुमादेवी घिमिरे २७५ मत ल्याई निर्वाचित भएका छन् । त्यस्तै खस आर्य पुरुषतर्फ अनोजकुमार खड्का ३५३ , यज्ञप्रताप अधिकारी ३०८ , पुण्यप्रसाद ओझा ३०४ मतले जितेका छन् । त्यस्तै आदिवासी महिलार्फ राधा सुब्बा ३११, आदिवासी जनजाति पुरुषतर्फ खगेन्द्रविक्रम नेम्बाङ ३२३ , रमेशकुमार भुजेल २९१, दलिततर्फ हस्तबहादुर परियार २६१ र अल्पसंख्यकतर्फ पाण्डवलाल चौधरी २७८ मतसहित निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्