बिर्तामोड , मंसीर ८ । झापामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका ६ का ६० वर्षीय कविराज बोहरा रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । कार्यालयका अनुसार मंगलवार दिउँसो २ बजे नगरपालिका ३ पवित्रा पेट्रोल पम्पस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ९ प ६५१९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको मे १ ज १४०५ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो । बोलेरोको ठक्करबाट घाइते भएका बोहराको बि एण्ड सी अस्पतालमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको उक्त कार्यालयले जनाएको छ । सो दुर्घटनाबाट बोलेरोमा सवार ४ जना यात्री समेत घाइते भएका छन् । घाईतेहरुको बिर्तामोडको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बोलेरो र चालक इलाम देउमाई नगरपालिका १ का २७ वर्षीय निमेश गुरुङ्ग कार्यालयको नियन्त्रणमा रहेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्