झापा , मंसीर ८ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना झापामा पक्राउ परेका छन् ।

हिजो साँझ ६ बजे कन्काईस्थित बिरिङ खोलामा कन्काई ३ बस्ने २८ वर्षिय सुप्रकाश राईलाई जिल्ला प्रहरी कार्यालय झापा तथा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट ५ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई ईलाका प्रहरी कार्यालय बिर्तामोड झापामा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्