दमक , मंसीर ८ । जुवाको अखडा बनेको झापाको दमकबाट फेरि ९ जना जुवाडे पक्राउ परेका छन् ।

हिजो दिउँसो ३.३० दमक ५बस्ने टेकबहादुर कार्कीको घरको कोठाभित्र जुवाजन्य तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले छापा मारेको थियो । त्यसक्रममा तीन बुङ तास र नगद २९ हजार ७ सय ४५ रुपैयाँसहित ती जुवाडे पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा घरधनी दमक ५ बस्ने ४६ वर्षिय टेकबहादुर कार्की , सोही ठाउँका ५१ वर्षिय कुशराज खत्री, ५४ वर्षिय सुरेश भण्डारी , ३८ वर्षिय नारायण कडरिया,२९ वर्षिय प्रदिप थापा,४१ वर्षिय सूर्य न्यौपाने, ४८ वर्षिय खगेन्द्र भुजेल, ४० वर्षिय खगेन्द्र राजवंशी र कमल ५ बस्ने ३० वर्षिय सुरेश सुव्वा रहेका छन् । यसअघि एक साताभित्र दमकबाट १२ जना जुवाडे पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्