झापा,मंसीर ८ । नेकपा एमालेको १० औ महाधिवेशनको लोगोमा रहेको गैँडाको मस्कट मूर्ति तयार भएको छ ।

कार्तिक २६ गते सार्वजनिक गरेको एमालेको झन्डा बोकेको गैँडाको मस्कट तयार पारिएको हो । एक सिङे लोपन्मुख गैँडाले प्रसिद्ध रहेको चितवनमा अधिवेशन गर्ने भएपछि एमालेले उक्त गैँडाको मस्कट महाधिवेशने लोगोमा प्रयोग गरेको छ । फाइबरबाट बनाइएको साढे ३ लाख खर्चमा तयार पारिएको बताइएको उक्त मस्कट मूर्तिकार सूर्य मध्यरात सहित १० जनाको टिमले १० दिन लगाएर तयार गरेको हो । चाडै बनाइसक्नुपर्ने भएकाले ३ वटा टोली बनाएर मस्कट तयार गरेका मूर्तिकारले जनाएका छन् । मूर्तिमा प्रयोग हुने फाइबर र रोजिनको मूल्य अत्यधिक बढेकाले मस्कटको लागत पनि बढेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्