बिर्तामोड , मंसीर ९ । भोलि हुने नेपाली काँग्रेस झापाको जिल्ला अधिवेशनको लागि दुवै प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला सभापतिका उम्मेद्वार देउकुमार थेबे र रामबहादुर कट्टेलले बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा दलबलसहित आ–आफ्नो प्यानलको उम्मेद्वारी दर्ता गराएका हुन् । पहिला थेबेले र त्यसपछि कट्टेलले आफ्नो प्यानलको उम्मेद्वारी दर्ता गराएका छन् । थेबेको टीममा उपसभापतिमा शेरबहादुर भट्टराई , केशवराज पाण्डे , सचिव कृष्ण हुमागाँई, नविन बिमली , सहसचिव कालेन्द्र राजवंशी र कमल भण्डारी उम्मेद्वार रहेका छन् । त्यस्तै कट्टेलको टीमको उपसभापतिमा प्रेम सम्बाहाम्फे , केदार शमसेर गिरी , सचिवमा विश्वदीप लिङ्देन , टोम राजवंशी , सहसचिव पदम लिम्बु , उमाराम प्रसाई उम्मेद्वार रहेका छन् ।

थेबेले आफ्नो प्यानलको उम्मेद्वारी दर्ता गराउन जाँदा जिल्ला सभापति उद्धव थापालगायतका नेताहरुको उपस्थिति रहेको थियो भने पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा कट्टलको उम्मेद्वारी गराउन संगै गएका थिए । भोलि हुने जिल्ला अधिवेशनका लागि आज मनोनयन दर्ता हुँदैछ । भोलि बिर्ताबजारस्थित अनारमनी पब्लिक क्याम्पसमा निवर्वाचन हुँदैछ । निर्वाचनमा ३ हजार ३ सया ३५ जनाले भाग लिदैछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्