बिर्तामोड , मंसीर ९ । नेपाली काँग्रेस झापाको जिल्ला अधिवेशनमा जिल्ला सदस्य पदका लागि २० जना सर्वसम्मत भएका छन् ।
सर्वसम्मत हुनेहरुमा प्रत्यक्ष महिलातर्फ मेचीनगरकी मन्जु भण्डारी बराल , प्रत्यक्ष खुल्ला पुरुषतर्फ भद्रपुरका बोधकृष्ण सुवेदी , रमेशप्रसाद पोखरेल , प्रत्यक्ष महिलातर्फ कनकाईकी रिताकुमारी रिजाल ,बुद्धशान्तिकी गीता खतिवडा ढुंगाना , खुल्ला पुरुषतर्फ बुद्धशान्तिका लीला ढकाल , प्रत्यक्ष महिलातर्फ झापाकी अनिताकुमारी सुवेदी , पुरुषतर्फ झापाकै दुर्गाप्रसाद सिटौला , प्रत्यक्ष महिलातर्फ कमलका सरस्वती सेडाई , पुरुषतर्फ कमलकै पूर्णमान श्रेष्ठ , प्रत्यक्ष महिलातर्फ कचनकवलका कृष्णमाया खड्का , पुरुषतर्फ कचनकवलकै रुद्रमणि दाहाल , प्रत्यक्ष महिलातर्फ हल्दिबारीका कुमारी थापा शिवाकोटी , पुरुषतर्फ हल्दिबारीकै दिलिपकुमार लिम्बू , आदिवासी जनजाति खुल्लातर्फ भक्त खवास , याम भुजेल , ललितबहादुर तामाङ , शेरबहादुर श्रेष्ठ , सूर्य गुरुङ र दलित महिलातर्फ पम्फादेवी विक रहेका छन् ।
बाँकी पदका लागि भोलि बिर्ताबजारस्थित अनारमनी पब्लिक क्याम्पसमा विहान ८ बजेदेखि निर्वाचन हुने भएको निर्वाचन आयोगका प्रमुख सुबोधबाबु चिलवालले बताए । । निर्वाचनमा ३ हजार ३ सया ३५ जनाले भाग लिदैछन् ।