बिर्तामोड , मंसीर १० । झापा भद्रपुरका राम बहादुर बुर्जा मगरलाई हात्तीले आक्रमण गरि ज्यानै लिएको छ ।


झापा मेचिनगर न.पा. १४ शनिबारे स्थित टंक पौडेलको चिया बगानमा आज बिहानको ०६ः३० बजे चिया टिप्ने क्रममा झापा भद्रपुर न.पा. ९ बस्ने ६० वर्षीय राम बहादुर बुर्जा मगरलाई जंगली हात्तीले अचानक आक्रमण गर्दा घटना स्थल्मै मृत्यु भएको छ । उक्त हात्ती चारआली जंगल तर्फ गएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट प्रहरी टोली खटि बन कार्यालयसंग समन्वय गरी मृतक लाशको कानुनी प्रकृया पुरा गरी लाश पोशमार्टको लागी मेची अस्पताल भद्रपुर लगीएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्