बिर्तामोड , मंसीर १० । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका तीनजना कर्मचारीलाई शुक्रवार विदाई गरिएको छ ।
उमेर हदका कारण अवकाशप्राप्त कार्यालय सहायक विष्णु राई मुन्ना , सुरक्षा गार्डहरु हरिप्रसाद कडरिया र सूर्यबहादुर घलेलाई उपदानसहित विदाई गरिएको हो । कृषि बजार व्यवस्थापन समितिले एक कार्यक्रम गरी उनीहरुलाई विदाइ गरेको हो । ६४ वर्षका राईलाई ६ लाख ९२ हजार , कडरियालाई ६ लाख ३९ हजार र घलेलाई ३ लाख २१ हजार उपदान दिएर दोसल्ला ओढाइ सम्मानपत्रसहित विदाई गरिएको समितिका अध्यक्ष कमलप्रसाद पौडेलले बताए ।
समितिका अध्यक्ष पौडेलको अध्यक्षता तथा निवर्तमान अध्यक्ष एवं चन्द्रडाँगी कृषि फार्मका अध्यक्ष विरेन्द्रराज पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष हर्कलाल गिरी , सल्लाहकारहरु लोकबन्धु कन्दङ्वा , गोपी गिरी , समितिका सदस्य ज्योति चुडाल , फलफूल तरकारी व्यवसायी संघका अध्यक्ष उमाकान्त ढुंगेललगायतले शुभकामना मन्तव्य राखेका थिए । धर्म बरालले स्वागत गरेको कार्यक्रमको संचालन खगेन्द्र महत्तोले गरेका थिए ।