झापा, मंसीर १२ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिकास्थित बिरिङ पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

झापाको कन्काई नगरपालिका ८ स्थित पूर्व–पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना भएको हो । आज दउँसो साढे १२ बजे पूर्वबाट–पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु र २२ जना घाईते भएका छन् । दुर्घटनामा घाईते भएकाहरुलाई उपचारको लागि अस्पताल पठाईएकोमा उपचारको क्रममा कन्काई नगरपालिका ७ का १६ वर्षीय उत्सब पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाईते भएकाहरुमध्ये ११ जनाको बी एण्ड सी अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्