झापा,मंसीर १४ । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत भएको मतदानको गणना सुरू भएको छ । मतगणना मंगलबार दिउँसो १ बजे सुरू भएको हो ।

बिहान ४ बजेदेखि भएको मतदान ११ बजे सम्पन्न भएको थियो । दुई हजार १५३ मतदाता रहेकोमा २ हजार ९६ जनाले मतदान गरेका थिए । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ । करिब एक घण्टामा मत परिणाम आउने निर्वाचन आयोगका सदस्य बिमला विकले बताइन् । विद्युतीय मेसिनबाट इलेक्ट्रोनिक भोटिङको व्यवस्था गरिएको थियो । एक पटकमा ६९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्