झापा , मंसीर १४ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

१० औं राष्ट्रिय महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा. भीम रावललाई भारी मतान्तरले हराउँदै ओली अध्यक्ष निर्वाचित भएका हुन् ।
मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम रावललाई भारी मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्।
ओलीले १८०८ सय मत ल्याएका छन् भने रावलले २२३ सय मत पाएका छन्। अन्तिम मत परिणामको घोषणा हुन भने बाँकी छ।
अध्यक्ष ओलीले यसपालि सर्वसम्मत नेतृत्व चयनको प्रयत्न गरेका थिए। बन्दसत्रले नै उनलाई ३०१ केन्द्रीय सदस्यसहित पदाधिकारी चुन्ने सर्वाधिकार दिएको थियो।
त्यहीअनुसार ओलीले सूची पनि बनाएका थिए। तर उनको सूचीमा असहमति जनाउँदै रावलले उम्मेदवारी दिएका थिए। निर्वाचन आयोगका एक सदस्यका अनुसार ओली फराकिलो मतान्तरले निर्वाचित भएको पुष्टि गर्दै अब मुचुल्कामा हस्ताक्षर गरेपछि औपचारिकरुपमा सार्वजनिक गर्ने जानकारी दिभएका छन् । मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।यसैबीच नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको सपथ ग्रहण र पहिलो बैठक महाधिवेशन स्थल सौराहामै हुने तय भएको छ । केन्द्रीय निर्वाचन आयोगले नवनिर्वाचित केन्द्रीय कमिटीको सपथ ग्रहण र पहिलो बैठक सौराहामै गर्ने तय गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्