झापा , मंसीर १७ । झापामा हिजो छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

हिजो दिउँसो ३ बजे बिर्तामोड नगरपालिका ३ स्थित पेट्रोल पम्प आगाडि बिर्तामोड देखि भद्रपुर जादै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाईकललाई मे१क ७८६ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाईकल चालक बिर्तामोड नगरपालिका ९ का ४३ बर्षिय सम्पत राजवंशी घाईते भई बि एण्ड सी अस्पताल बिर्तामोड र्पुयाउन साथ मृत्यु भएको थियो भने मोटरसाईकल पछाडी सवार रहेकी ३१ बर्षीया शान्ता कार्की समेत गम्भिर घाईते भई सोही अस्पतालमा उपचार भईरहेको छ । ट्रक चालक भद्रपुर नगरपालिका १० का ३६ बर्षिय गंगा तामाङलाई इलाका प्रहरी कार्यालय अनरमनीले नियन्त्रणमा लिएको छ ।

यसैगरी हिजो दिउँसो सँवा ३ बजे गौरादह नगरपालिका ७ ग्वालब्बा स्थितमा बा ८ च ७७३५ नम्बरको माईक्रो भेनले सडकको छेउमा उभिरहेका ३ जनालाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते मध्ये सोही स्थान बस्ने २८ बर्षीया सिता साहको दमक अस्पतालमा उपचारको क्रममा बेलुका ४ बजे मृत्यु भएको छ भने घाईते सोही स्थान बस्ने १९ बर्षीया सम्झना रिसिदेव र ७ महिना की आरोसी यादवको सोही अस्पतालमा उपचार भईरहेको छ । माईक्रो भेन, चालक गौरादह ४ का ३० बर्षिय अशोक कुमार रहेका छन् । माईक्रो इलाका प्रहरी कार्यालय गौरीगंजको नियन्त्रणमा रहेको छ । घटना बारे थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्