झापा , मंसीर १७ । मोरङ बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगरपालिका १६ का १९ बर्षिय कैलाश मलिक रहेका छन् । हिजो बेलुका साढे ६ बजे भारतबाट नेपाल तर्फ आउदै गरेका उनलाई लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लागुऔषध नाईट्रोसन १०० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका मलिकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्