झापा , मंसीर १७ । झापामा मलद्वारमा लुकाई ल्याउदै गर्दा ठूलो परिमाणको ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् ।

शुक्रवार साँझ ४.५५ बजे मेचीनगर ४ राईसिङस्थित प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले शंका लागेर भारतबाट नेपालतर्फ आउदै गरेको WB 74AK6099 नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक मेचीनगर ४ बस्ने ३७ वर्षिय सम्बरबहादुर आलेमगरले मलद्वारमा च्यापेर लुकाई छिपाई ल्याउँदै गरेको १४ ग्राम ब्राउनसुगर बरामद भएको थियो । मगरलाई मोरसाइकलसहित पक्राउ गरी ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्