बिर्तामोड , मंसीर १८ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले झापामा कमिटी गठनलाई तिब्रता दिएको छ । यसैक्रममा एकैदिन कमल र कचनकवल गाउँ कमिटी गठन भएको छ ।

होमबहादुर बरालको अध्यक्षतामा कमल गाउँ कमिटी गठन भएको हो । सो कमिटीलाई प्रमुख अतिथि नेकपा (एकिकृत समाजवादी) का केन्द्रीय कमिटी सदस्य तथा झापा जिल्ला ईञ्चार्ज इन्द्रवहादुर बुढाथोकीले सपथ ग्रहण गराएका थिए ।भेलालाई जिल्ला कमिटी सचिव मणी भण्डारीले समेत शुभकामना दिएका थिए ।

यसैगरी नेपालको होचो ठाउँ कचनकवल गाउँपालिकामा नेकपा (एकिकृत समाजवादी)को अध्यक्षमा मेहेरमान राजवंशी चयन भएका छन् । उनको अध्यक्षतामा ७१ सदस्यीय कमिटी निर्माण भएको हो । त्यस्तै कौशिला न्यौपाने र सहदल मिया उपाध्यक्ष, सचिव दलबहादुर माझी र गौरसिंह माझी, भिमा भट्टराई, तुलसा भण्डारी सहसचिव रहेका छन् । कार्यक्रममा केन्द्रीय सदस्य पुष्प पोखरेलको प्रमुख आतिथ्य र जिल्ला अध्यक्ष बेदराज रेग्मी, जिल्ला सदस्य धर्म शिवाकोटी र आरपी पोखरेलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्