झापा , मंसीर १९ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश नं १ को मतगणना निर्धारित समयभन्दा ४ घण्टा बितीसक्दासमेत सुरु हुन सकेको छैन ।

शनिबार सम्पन्न भएको निर्वाचनको मतगणना बिहान ८ बजे सुरु गर्ने भनिएको थियो । आचारसंहिता निर्माण र उम्मेदवारका प्रतिनिधि छनोट गर्ने विषयमा केही ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ । पौडेल(कोइराला र संस्थापन पक्ष प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । शनिबार सम्पन्न निर्वाचनमा एक हजार ७५२ मत खसेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्