झापा , मंसीर १९ । मोरङ र सुनसरीका दुई छुट्टाछुटै स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।
हिजो बेलुका ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउदै गरेका पथरी शनिश्चरे–२ का २४ बर्षिय राजु मोते , बिराटनगरको–१ का विवेक मोते लाई ढाँटबाट लुपिजेसिक ५ एम्पुल, डाईजेल्याब ६ एम्पुल, एभिल ६ एम्पुल र फेनारगन ५ एम्पुल सहित पक्राउ परेका हुन् ।
यसैगरी दुहबी सि.आर.भि.बाट खटिएका प्रहरी टोलीले उर्लाबारी नगरपालिका ७ का ३३ बर्षिय किरण थापा मगर र सोही स्थानका ३१ बर्षिय राम कुमार यक्चोलाई हिजो बेलुका ७ बजे एभिल ६ एम्पुल, डाईजेल्याब ४ एम्पुल, फेनेरागन ३ एम्पुल र लुपिजेसिक ५ एम्पुल सहित दुहबीबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।