मेचीनगर , मंसीर २० । प्रतिबन्धित लागूऔषध अफिमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

सोमवार दिउँसो ४ बजे मेचीनगर ६ स्थित मेची पुलमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्ने क्रममा भारत पंजाब फ्रोजपुर घर बताउने २५ वर्षिय केयर सिंह र पंजाब जिल्ला मौगा घर बताउने २५ वर्षकै सुखजित सिंहलाई अफिमसहित पक्राउ गरेको हो । प्लाष्टिकको खैनी राख्ने बट्टाभित्र लुकाई छिपाई ल्याउदै गरेको ११ ग्राम अफिमसहित उनीहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्