झापा , मंसीर २१ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

मंगलवार बिहान ११ बजे मेचीनगर नगरपालिका वडा नं. ६ स्थित मेची खोलाको पुरानो पुलमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा सल्यान बनगाउँ नगरपालिका वडा नं. १ सल्लीबजार बस्ने ३० वर्षिय रमेश डि.सी.लाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनले बोकेको पछाडी भिर्ने झोलामा रहेको किताबभित्र हरियो पातलो प्लाष्टिकले बेरी लुकाई छिपाई ल्याउँदै गरेको २३ ग्राम ब्राउनसुगर फेला पारेको थियो । उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।