शरणामती,मंसीर २२ । झापा गाउँपालिकाका उपभोक्ताहरुले अमरपथ मार्ग निर्माणमा ढिलाई भएको भन्दै झापा गाउँपालिकाको ६ नं वडा कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

स्थानीयले अमरपथ निर्माणमा ढिलाई भएका कारण जनस्वास्थ्यमा धुलोले असर पु¥याएको भन्दै यसलाई अविलम्ब निर्माण गर्न आग्रह गरेका छन् ।
वर्खाको समयमा हिलो र हिउँदमा धुलोको कारण स्थानीय उपभोक्ता प्रभावित भएको र एकै समयमा ठेक्का लागेको कनकाई खण्ड अन्तिम चरणमा पुग्दा अरु खण्ड नबनेकोमा ध्यानाकर्षण गराएका छन् । उनीहरुले पत्रको बोदार्थ झापा गाउँपालिकाको कार्यालय,झापा क्षेत्र नं ४ का प्रदेश सांसद हिरा थापा,झापा क्षेत्र नं ४ का संघीय सांसद एलपी साँवा लिम्बू र इलाका प्रहरी कार्यालयलाई बुझाएका छन् । पत्रमा आफूहरुको माग सुनुवाइ नभए संघर्षका कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन् । सरकारले बजेट विनियोजन गरेर ठेक्का लगाएपनि ठेकेदारले समयमै काम पूरा नगर्दा अझै पनि धुलो खानु परिरहेको स्थानीय भनाई रहेको छ ।