दमक , मंसीर २७ । झापाको दमक नगरपालिका–५ स्थित दिपेश भट्टराईको खाली घर कोठामा तास खेलिरहेको अबस्थामा ६ जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईलाम चुलाचुली गाउँपालिका–५ का ३९ बर्षिय सुमनसिंह राई, पाँचथर मिक्लाजुङ गाउँपालिका–१ का ४२ बर्षिय बबिन सुब्बा, दमक नगरपालिका–५ का ५८ बर्षिय लक्ष्मी ढकाल, दमक–५ की ३४ बर्षीया कमला राई, दमक–५ की ४० बर्षीया बिमला तामाङ र कमल गाउँपालिका–३ का ५१ बर्षिय राजकुमार खड्का रहेका छन् । हिजो राति ६ बजे बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तास खेलिरहेकै अबस्थामा नगद रु. ४० हजार र ३ बुङ ताससहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्