बिर्तामोड , मंसीर २८ । प्रार्थना नेपाल प्रतिष्ठान बिर्तामोड ६ ले बुट्टाबारीमा सुधारकेन्द्र संचालन गरेको छ ।

विभिन्न प्रकारका लागूपदार्थ सेवन गरी कुलतमा फसेका ब्यक्तिहरुलाई स्वास्थ्य, शिक्षा र सीप प्रदान गरी सस्तो शुल्कमा सेवा दिने भन्दै दुब्र्यसनबाट बच्न र युवाहरूलाई सचेत गराउनका लागि सुधारकेन्द्र संचालनमा ल्याएको संचालक एवम् प्रतिष्ठानका अध्यक्ष धर्मराज गिरीले बताए ।
सुधारकेन्द्र ६ कठ्ठा जमिनमा दुई करोडभन्दा बढी लगानी गरी ५० जना क्षमताको रहेको छ ।

सुबिधासम्पन्न आवास,योग हल,फुटसल ग्राउन्ड आदि रहेको बताउँदै गिरीले उद्घाटनकै दिन ७ जना भर्ना भएको जानकारी दिए ।कार्यक्रममा युवाहरुलाई सुमार्गमा लैजाने र स्थानीय तहलाई सचेत बनाउने कार्य गरेर प्रतिष्ठानले समाजमा उदाहरणीय कार्य गरेको भन्दै प्रमुख अतिथि बिर्तामोड ६ वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा ,अतिथिहरु वडा सदस्य शोभा बिक,पबित्रा कोइराला ढुंगाना,एलबिन्द्र खत्री,समाजसेवी रामकुमार कन्दङ्वा,दाताराम खनाल,आशिष बन,आइतमाया शेर्मा,जगत राई,अर्जुन खवासलगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । स्वागत उपाध्यक्ष बसन्त राईले गरेको कार्यक्रमकोे सहजीकरण सचिव जीवन बाँस्कोटाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्