झापा , मंसीर २९ । कांग्रेस महाधिवेशनमा भएको चुनावमा सभापतिको परिणाम आइसकेकाले अब अन्य पदाधिकारी र केन्द्रीय सदस्यको आजैदेखि गणना सुरु हुने भएको छ ।

अन्य पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ ।
आउँदो पुस ५ गतेभित्र सबै मत परिणाम आइसक्ने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनका अनुसार आज दिउँसोदेखि मत गन्न सुरु गरिनेछ ।
कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको चुनाव भएको थियो ।

पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मङ्गलबार पुनः मतदान भएको थियो । दोस्रो चरणमा कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । देउवाको यो दोस्रो र विधानअनुसार अन्तिम कार्यकाल पनि हो । कांग्रेसको विधानमा कांग्रेस सभापति लगातार दुुई पटकसम्म मात्रै हुने व्यवस्था छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्