दमक , मंसीर २९ । जनता समाजवादी पार्टीले झापामा जिल्ला कार्यकारीणी समिति र जिल्ला समन्वय समिति निर्माण गरेको छ ।

देशभरि संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानअन्तर्गत साविक समाजवादी पार्टी र साविक राष्ट्रिय जनता पार्टीका जिल्ला नेतृत्वहरुको उपस्थितिमा बुधवार बसेको बैठकले दिपेनवाला राई अध्यक्ष रहेको १९ सदस्यीय जिल्ला कार्यकारीणी समिति गठन गरेको हो । जसको कार्यकारीणी सदस्यहरुमा विरबहादुर श्रेष्ठ , सन्तोष गणेश ,संगीता रौनियार , सिवन सोराली मगर , गोकुल हुमागाँई , पुष्प पौडेल , अर्जुनकुमार राई , राजु खड्का , बुद्ध बराइली, सनम राजवंशी , ध्रुव श्रेष्ठ , हर्कराज खालिङ , ज्ञानेन्द्र लिम्बू , भोजकुमार राई , बाल्मिकि चौधरी , जीवन चौहान , प्रेमप्रसाद लुइटेल , सतिस शाह , कुमार थापा , कृष्ण कट्टेल , दीपक न्यौपाने , पात्र धिमाल , राजकुमार शाह र पवन शर्मा रहेका छन् । त्यस्तै बैठकले ९१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।